दफा ३५
विदेशी विनिमय सुविधा
(१) दूरसञ्चार सेवा प्रदान गर्नको लागि ऋण वा शेयर पूँजीको रुपमा विदेशी मुद्रा लगानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिलाई त्यस्तो ऋणको साँवा ब्याज भुक्तानी गर्न वा लगानी फिर्ता गर्न आवश्यक विदेशी मुद्रा नेपाल सरकारले प्रचलित दरभाउमा उपलब्ध गराउनेछ ।
(२) दूरसञ्चार सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक उपकरणहरु विदेशबाट आयात गर्नु पर्ने भएमा त्यसको लागि आवश्यक विदेशी मुद्रा नेपाल सरकारले प्रचलित दरभाउमा उपलब्ध गराउनेछ ।
(३) दूरसञ्चार सेवा सन्चालनको लागि दूरसन्चारसंग सम्बन्धित विदेशी संस्थाबाट सदस्यता लिंदा वा विदेशी व्यक्ति वा संस्थासंग सम्झौता गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिलाई लाग्ने विदेशी मुद्रा प्राधिकरणको सिफारिशमा नेपाल सरकारले उपलब्ध गराउनेछ ।